नेपालमा यूवा वर्गहरु एउटा यस्तो
ट्रेन्डमा आएर अड्कियो कि जुन यूवा शक्तिको सदुपयोग भन्दा बढि दुरुपयोग
भइराखेको पाइन्छ । एक त नेपालमा काम नै छैन भन्दै आफ्नो समयलाई यति कै
बिताएको यूवाहरु पाइन्छ भने अर्को चाहि विदेश पलायन हुने चलन नेपालमा धेरै
समयदेखि हुदै आएको छ ।
राजनीतिक अस्थिरताका बाबजुद नेपालमा आफुले सोचेजस्तो अझ भनौ आश गरेजस्तो
रोजगारीको अभावले नेपाली यूवा बर्गहरु विदेशिन्छन् । त्यहाँ शुन्यबाट काम
गर्छन् । त्यहाको सिस्टम राम्रो छ । काम गर्नेहरुलाई उचित पारिश्रमिकको
राम्रो बन्दोबस्त छ ।
तर नेपालमा त्यो पनि भएन । तर नेपाली यूवाहरुले अबको यो पद्धतिलाई चिर्नु
जरुरी छ । लेखक शिव खेडाले भनेझै फरक काम गर्ने हैन भएको कामलाई फरक
तरिकाले गर्नुपर्ने दिनहरु आइसकेको छ ।
अवसर हरेक क्षेत्रमा फरक तरिकाले खोज्न सके पक्कै पनि अवसर छ । ति मध्ये
डिजिटल मार्केटिङ पनि एक हो । घरमै बसेर इन्टरनेटको सदुपयोग गरी कुनै
कम्पनीमा आवद्ध भई डिजिटल मार्केटिङ गर्नुभयो भने पक्कै पनि तपाईले
सोचेभन्दा राम्रो आम्दानी गरी आत्मनिर्भर बन्न सक्नुहुनेछ । त्यो सोच
तपाईले राख्नुहुन्छ हुन्न, विश्वास गर्नुहुन्छ हुन्न त्यो तपाईको कुरा ।
नेपाल जस्तो देशमा यो बिषयमा चर्चा हुन निकै समय लाग्ला तर तपाई विकसित
मुलुकमा हेर्नुहुन्छ भने प्रविधिको तिब्र विकास सँगै अब मानिसहरु अनलाइन
क्षेत्रमा स्वलम्बी बनेको धेरै उदाहरणहरु छन् ।
अमेरिकन निवासी लिजा टोरीज एलेनको यो डकुमेन्ट्री तपाई सबैलाई हेर्नको
निम्ति अनुरोध गर्दछु । जो कि निकै लामो समय आर्थिक अभावमा गुज्रिरहेको
अवस्थामा उहाँले इम्पावर नेटवर्क डिजिटल मार्केटिङ काम सुरु गरी छोटो समयमा
नसोचेको लाभ उठाउन सफल रहनुभयो ।

Post a Comment